प्रचण्ड, नेपाल र लामिछानेबीच के भयो कुराकानी ?

नेपालभ्युज

प्रचण्ड, नेपाल र लामिछानेबीच के भयो कुराकानी ?

काठमाडौं । संसद्‌को प्रतिपक्षमा रहेका दलहरु सरकार निरंकुशतातर्फ उद्दत भएको निष्कर्षमा पुगेका छन् ।

शुक्रबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी नेता वर्षमान पुनले भने, ‘अहिले दुई ठूला दलहरु मिलेर ,आत्तिएर निरंकुशता-पश्चगमनतिर जाने कुरा गरिरहनुभएको छ । त्यो संसदीय अभ्यास होइन ।’

उनले संसद्‌मा बलियो प्रभाव पार्ने गरी काम गर्ने पनि बताए ।

‘संसद्‌मा १० प्रतिशत प्रतिनिधित्व नहुने दलले त राम्रो प्रतिपक्षी भूमिका निर्वाह गरेका थिए । हाम्रो त त्योभन्दा धेरै छ । संख्या होस् या शक्तिको आधारमा ।’ उनले भने ।

उनले यसअघि भने, ‘संसद्‌मा ठूला दल मिल्दा जनताको आवाज कम हुने होकी भन्ने आशंका छ । तर, हामी त्यसो हुन दिदैँनौं । साथै, लोकतन्त्र पनि कमजोर हुन दिदैँनौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved