यूएईले दियो नेपाललाई ११६ रनको लक्ष्य

नेपालभ्युज

यूएईले दियो नेपाललाई ११६ रनको लक्ष्य
तस्वीर स्रोतः क्यान/फेसबुक

काठमाडौं। एसीसी महिला एसिया कपमा नेपाललाई यूएईले ११६ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले भने २२ रन बनाइन्।

नेपालका लागि इन्दु बर्माले ३ तथा कविता जोशी, सबनम राई र कृतिका मरासिनीले १–१ विकेट लिए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै यूएई ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved