उपसभामुख रानाको स्पष्टीकरण- मविरुद्ध नियोजित कदम चालियो

नेपालभ्युज

उपसभामुख रानाको स्पष्टीकरण- मविरुद्ध नियोजित कदम चालियो

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफूविरुद्ध नियोजित कदम चालिएको स्पष्टीकरण दिएकी छन् ।

उपसभामुखको लेटरहेडको प्रयोग गरेर आफ्नोसहित अरु पाँच जनालाई भिसा दिन नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको सिफारिसपत्र विवादमा आएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।

“पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित बनाउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ,” शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन् ।

उनले आफूले करुणाभाव राखेर अरुलाई पनि सिफारिस गरेको बताएकी छन् । “मलगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर, राजदूतावासमा अन्तर्वार्ताको मिति लिन समय लामो समय कुर्नुपर्ने रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरा लागि सहयोगीसमेत भइदिने हुनाले अन्तर्वार्ताको मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोध गरेको थिएँ,” उनले विज्ञप्तिमा भनेकी छन् ।

यसअघि उपसभामुख रानाले आफ्नोसहित थप अरु पाँचजनाको नाम दूतावासलाई सिफारिस गरेको पत्र सार्वजनिक भएको थियो । तर, पछि उनीबाहेकलाई दूतावासले भिसा दिएन । भिसा नपाएकाहरूले भने आफूहरूबाट उपसभामुख रानाको नाम लिएर अरु नै कसैले पैसा लिएको बताएका छन् ।

उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved