धुलिखेलको जंगलमा फसेकी विदेशी महिलाको उद्धार

नेपालभ्युज

धुलिखेलको जंगलमा फसेकी विदेशी महिलाको उद्धार

काठमाडौं । काभ्रेको जंगलमा फसेकी एक विदेशी महिलाको उद्धार गरिएको छ ।

धुलिखेल जंगलमा फसेकी ५५ वर्षीया फ्रान्सेली नागरिक सिन्थिया पेट्रिघको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

पेट्रिघ शुक्रबार बिहान नमोबुद्ध गुम्बा भ्रमण गरेर फर्किने क्रममा धुलिखेल नगरपालिका-१२ ताइचे खोलास्थित गोरेटो बाटोमा हिँड्ने क्रममा चिप्लिएर सडकबाट खोल्सामा खसेकी थिइन् ।

खोल्सामा खसेकी अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी चौकी श्यामपाटीबाट खटिएको टोलीले पेट्रिघको उद्धार गरेको हो ।

उनमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । उनी आरसीओ यूएनकी कर्मचारी भएको खुलेको छ ।

प्रहरीले सम्बन्धित संस्थासँग समन्वय गरेर पेट्रिघलाई जिम्मा लगाउने प्रयास भइरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved