दुईपटक बिहे गरेर भित्र्याइएको नताशासँग हार्दिकको सम्बन्ध कसरी टुट्यो ?

नेपालभ्युज

दुईपटक बिहे गरेर भित्र्याइएको नताशासँग हार्दिकको सम्बन्ध कसरी टुट्यो ?

काठमाडौं । भारतीय क्रिकेट टिमका स्टार अलराउन्डर हार्दिक पाण्डेयले आफ्नी श्रीमती नताशा स्टान्कोभिकसँग सम्बन्धविच्छेद गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् पाण्डेयले सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।

सन् २०२० मा सर्बियाली मोडलसँग विवाह गरेका हार्दिक लामो समयदेखि आफ्नी श्रीमतीसँग बसिरहेका थिएनन् ।

हार्दिक र नताशाले कोभिड-१९ को समयमा विवाह गरेका थिए तर, लकडाउनको समयमा उनीहरूले धूमधामका साथ विवाह गर्न सकेनन् । उनीहरूले १४ फेब्रूअरी २०२३ मा फेरि विवाह गर्ने निर्णय गरेका थिए ।

विवाहपछि केही दिनसम्म सबै ठिकठाक रह्यो तर, त्यसपछि विस्तारै उनीहरूको सम्बन्ध बिग्रन थाल्यो । यस्तो अवस्थामा उनीहरूको बिछोडको कारण के हुनसक्छ भन्नेबारे जानौं-

हार्दिक र नताशाको भेट सन् २०१९ मा भएको थियो । दुवैको भेट पार्टीमा भएको थियो । सादा हेलो भेटघाट कहिले मित्रता र मायामा परिणत भयो थाहा भएन दुवैलाई ।

जुन समयमा हार्दिक र नताशाबीच प्रेम फुलिरहेको थियो, त्यतिबेला भारतीय क्रिकेटरको करियर ग्राफ पनि तीव्र गतिमा उकालो लागेको थियो । जबकि नताशा ग्लैमरको दुनियाँमा संघर्ष गरिरहेकी छिन् ।

यसैबीच नताशा र हार्दिकले सन् २०२० मा लकडाउनको समयमा विवाह गर्ने निर्णय गरेका थिए । विवाहको दुई महिनापछि नताशाले छोरोलाई जन्म दिइन् र यसरी नताशाको करियर ठप्प भयो ।

सायद एउटा कारण यो पनि हुनसक्छ कि नताशाले भारतमा जुन सपना पूरा गर्न आएकी थिइन्, त्यो सपना विवाहपछि पूरा हुन सकेन । जुन उनीहरूको सम्बन्धविच्छेदको कारण बन्यो ।

यस्तै, हार्दिक टीम इन्डियाका सबैभन्दा रोमाञ्चक क्रिकेटर हुन् । मैदान भित्र होस् वा बाहिर, उनको फरक-फरक छ । जब उनी क्रिकेट खेल्दैनन्, उनी पार्टीमा व्यस्त हुन्छन् र लापरवाह ढंगले यात्रा गर्छन् ।

समग्रमा हार्दिकले विवाहपछि पनि आफ्नो शैली परिवर्तन गर्न सकेनन् । यस्तो अवस्थामा नताशाले असुरक्षाको अनुभूति गरेको हुन सक्छ । यही कारण सामाजिक सञ्जालमा उनीहरूको बिछोडको खबर फैलिएको थियो, जुन अहिले सत्य सावित भएको छ ।

टी-२० विश्वकपअघि हार्दिक पाण्ड्या आफ्नो करियरको निकै खराब चरणबाट गुज्रिरहेका थिए । एकदिवसीय विश्वकपमा चोटका कारण उनी बीचमै प्रतियोगिताबाट बाहिरिएका थिए । त्यसपछि उनी आईपीएलमा फर्किए । उनी मुम्बई इन्डियन्सका कप्तान बने ।

कप्तान भएपनि उनी धेरै ट्रोल भएका थिए । यी सबैबीचमा मैदानमा उनको खेल पनि प्रभावकारी देखिएन । यस्तो अवस्थामा हार्दिकको करियर समाप्त हुन लागेको भनिएको थियो तर, उनले टी–२० विश्वकपमा बलियो कमब्याक गरेर आफ्नो डुब्दै गरेको करियरलाई बचाएका थिए तर, सायद त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो ।

त्यसकारण हार्दिकको घट्दो स्टारडमको कारण नताशासँग उनको सम्बन्ध विच्छेद भएको हुनसक्छ ।

अर्को, हार्दिक र नताशाबीच कत्तिको प्रेम थियो, त्यसको अनुमान दुवैले दुईपटक विवाह गरेको तथ्यबाट पनि गर्न सकिन्छ ।

दोस्रो विवाह गरेको एक वर्षपछि मात्रै यी दुईबीच केही न केही कुरा भएको हुनुपर्छ, जसमा उनीहरूको विचार नमिलेको हुन सक्छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई बेवास्ता गर्न थालेका थिए । सार्वजनिक कार्यक्रममा समेत दुवै जना सँगै देखिदैँनन् ।

यी सबै कुराले यी दुईबीच लामो समयदेखि कुनै न कुनै विषयलाई लिएर मनमुटाव चलिरहेको हुनसक्छ जुन अहिले सम्बन्धविच्छेदमा टुंगिएको छ भन्ने संकेत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved