तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

नेपालभ्युज

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुुनको मूल्य तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved