काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार आजै मौद्रिक नीति सार्वजनिक गर्ने गरि तयारी भएको छ ।
गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णुपौडेलबीच मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने सहमति भइसकेको छ ।
दुई दिन अघि सिंहदरबारमा दुई घण्टासम्म गर्भनर अधिकारी र अर्थमन्त्रीबीच मौद्रिक नीतिका विषयमा छलफल भएको थियो ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि बस्ने बोर्ड सदस्यबीच राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति सर्न सक्ने स्रोतको भनाई छ ।
मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको शिथिलतालाई सम्वोधन गर्ने गरि चलायमान बनाउने अपेक्षा गरिएको छ ।
गभर्नर अधिकारीले यस पटक केही खुकुलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । नयाँ सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने आफ्नो पहिलो एजेण्डा भएको बताएको छ ।
Facebook Comment
Comment