जाजरकाेटमा खाेलाले बगाउँदा एक बालक बेपत्ता

नेपालभ्युज

जाजरकाेटमा खाेलाले बगाउँदा एक बालक बेपत्ता
फाइल फोटो

सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारेकोट गाउँपालिका-३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् ।

बिहीबार दिउँसो ३ बजे गाई बस्तु चराउन गएको बेला स्याली खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved