द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

नेपालभ्युज

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ २ महिनायता उपचाररत थिइन् ।

सानो होटलबाट सुरु गरेर द्वारिकाजलाई विख्यात बनाउन सफल उनी कयौं उद्यमीका लागि प्रेरणाकारुपमा रहेकी छन् ।

अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो । उनका दुई छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved