पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर बिरामीको मृत्यु

नेपालभ्युज

काठमाडौं । चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

मगर साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सरसम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

दृष्टिविहीन रहेका उनी बाटो खोजेर बाहिर निस्किने क्रममा बिहीबार बिहान कलेजको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका थिए ।

उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved