रेकर्ड मूल्यमा पुगेर घट्यो सुनको भाउ

नेपालभ्युज

रेकर्ड मूल्यमा पुगेर घट्यो सुनको भाउ

काठमाडौं । रेकर्ड मूल्यमा पुगेर सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएर रेकर्ड कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved