आज एकै दिन पाँचवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

आज एकै दिन पाँचवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संसदका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता बृद्धिको सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।

झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमा छलफल, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उप–समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप–समितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ ।

बैठकमा राज्यको मुलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ । बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved