मनसुनको समयमा कालो मरिचका फाइदा

नेपालभ्युज

मनसुनको समयमा कालो मरिचका फाइदा

एजेन्सी । विश्वभर मसलाको राजा भनेर चिनिने कालो मरिचमा प्रशस्त मात्रामा पोषक तत्त्व पाइन्छ । यसमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टी फ्ल्याटुलेन्स र एन्टी माइक्रोबियल गुण हुन्छन् ।

आज हामी तपाईंलाई पाचन प्रणाली र वर्षाको समयमा रोग प्रतिरोधी क्षमता बलियो बनाउन खानामा यसलाई समावेश गर्न कति महत्त्वपूर्ण छ र यसबाट के फाइदा लिन सकिन्छ भनेर बताउँनेछौं-

बदलिँदो मौसममा पाचन प्रणालीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कालो मरीचमा पाइने पाइपरिन नामक तत्त्वले पाचन प्रणालीसँग सम्बन्धित इन्जाइम बढाउन मद्दत गर्छ । यसले पाचन प्रक्रियामा उल्लेखनीय सुधार गर्छ ।

मनसुनको मौसममा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यस्तो अवस्थामा यदि तपाईं पनि थकान र कमजोरी हटाउन सस्तो र टिकाऊ समाधान खोज्दै हुनुहुन्छ भने कालो मरीच धेरै उपयोगी हुन सक्छ । यसको सेवनले धेरै प्रकारका सङ्क्रमणबाट बच्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved