गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

नेपालभ्युज

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी
प्रतीकात्मक तस्वीर ।

चितवन । भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबार दिउँसो १ः४५ बजे बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।

एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उनले जानकारी दिए। आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए । बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।

आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved