गृहमन्त्रि लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेटवार्ता

नेपालभ्युज

गृहमन्त्रि लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेटवार्ता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेटवार्ता गरेका छन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसँग वुधबार भएको भेटवार्तामा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन् ।  उनले  निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको बताए ।

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने बताए । यसबारे महासंघले निरन्तर सरकारसँग पैरवी गरिरहेको छ ।

यसैगरि उद्यमी व्यवसायीमाथि हुने धरपकडले निजी क्षेत्र हतोत्साही भएको तर्फ पनि अध्यक्ष ढकालले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । मन्त्री लेखकले वर्तमान सरकार निजी क्षेत्र र लगानी प्रति निक्कै सम्वेदनशील भएको बताए । सरकार गठन गर्दा भएको सहमतिमा समेत स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गर्ने विषय समावेश भएको बताउँदै मन्त्री लेखकले कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आश्वासन दिए ।

भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात नियन्त्रणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved