एक हप्तासम्म चामल नखाँदा देखिने परिवर्तन

नेपालभ्युज

एक हप्तासम्म चामल नखाँदा देखिने परिवर्तन

एजेन्सी । नेपाली खाना भन्ने बित्तिकै दाल, तरकारीसँग भात अर्थात् चामल पनि अवश्य जोडिन्छ । हाम्रो दैनिक खानपानमा चामल समावेश नगरी खाना पूरा हुँदैन ।

तर, एक हप्तासम्म चामल कत्ति पनि सेवन नगर्दा शरीरमा विभिन्न प्रकारका परिवर्तन देख्न सकिन्छ । यसबारेमा जानौं-

चामलमा प्रोटिन, फाइबर, कार्ब्स र एन्टीअक्सीडेन्ट जस्ता गुण पाइन्छ । जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

चामल नखाँदा रक्तचाप सामान्य बनिरहन्छ । चामलले रगतमा सुगरको मात्रा पनि बढाउँछ । यस्तोमा मधुमेह भएकाले चामल नखाएको राम्रो हुन्छ ।

चामल नखानु पेटका लागि पनि फाइदाजनक हुन्छ । चामलमा फाइबर कम हुन्छ, जसले पेटलाई फाइदा गर्नुको साटो नोक्सान पुर्‍याउने गर्छ ।

चामललाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । तर, यो छिटो पाचन हुन्छ, जसले गर्दा तपाईं पुनः छिटै थकाई महसुस पनि गर्नुहुन्छ । यस्तोमा चामल खान त्यागेर शरीरको थकान कम गर्ने खानपान सेवन गर्नु उपयुक्त हुन्छ ।

एक हप्तासम्म चामल सेवन नगर्दा तौल कम हुन थाल्छ । चामलमा क्यालोरीको मात्रा धेरै हुन्छ । जसले तौल बढाउँछ । चामल नखाँदा तौल घट्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved