जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते

नेपालभ्युज

जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते
फाइल तस्वीर

सुर्खेत । जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् ।

मंगलबार राति ८ बजे तिर जाजरकोटको कुशे गाउँपालिका-४ दल्लेका विष्णु थापा र दलसरी थापाको अस्थायी टहरामा माथिबाट पहिरो आउँदा चार जना घाइते भएका हुन् ।

दलसरीसहित उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका छन् ।

विष्णुकी २९ वर्षीया श्रीमती कमला थापा पनि घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

‘घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ’ उनले भने । घाइते सबैलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved