उद्योगीलाई प्रधानमन्त्री ओलीको आश्वासन – डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्छु

नेपालभ्युज

उद्योगीलाई प्रधानमन्त्री ओलीको आश्वासन – डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेट्दै उनले ६ वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने बताए ।
यो विवादमा हाल नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ ।

उद्योगको लाइन काटेर समाधान ननिस्कने भएकाले चाँडै लाइन जोडिदिएर विवाद समाधान गर्ने उनले बताए ।

लाइन काटिएकाहरूमा कतिपय निर्यातमूलक उद्योगीहरू पनि छन् । उनीहरूको उत्पादन बन्द भएको छ ।

यसअघिको प्रचण्ड नेतृत्वको सरकारले डेडिकेटेड र ट्रंक लाइनसँग सम्बन्धित विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानबिन आयोग बनाएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘‘ निर्यात हुँदै आएको उद्योग बन्द हुँदा मुलुककै अर्थतन्त्रमा असर गर्ने देखिन्छ । अर्डर क्यान्सिल हुने अवस्थामा छ । या समाधान हुनुपर्छ, त्यो चाँडै गर्ने छु’’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक उद्योगीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved