सुन तोलाको डेढ लाख नजिक, एकैदिन २ हजार रुपैयाँले बढ्यो

नेपालभ्युज

सुन तोलाको डेढ लाख नजिक, एकैदिन २ हजार रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा डेढ लाख रुपैयाँ नजिक पुगेको छ । एकैदिन २ हजार रुपैयाँले बढेर सुन तोलाको झण्डै डेढ लाख पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाली बजारमा आज सुन तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved