काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न काठमाडौं महानगरले प्रक्रिया अघि बढाएको छ ।
उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यो सँगै काठमाडौं महानगरपालिकालाई न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम अघि बढाउन कानुनी बाटो खुलेको छ।
उक्त आदेशसँगै महानगरले बुधबार बिहानैदेखि न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम सुरु गरेको छ।
केही महिना अघि महानगरले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको अवस्थामा सडक डिभिजनले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो।
तस्वीरहरु:-

Facebook Comment
Comment