बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आगामी आइतबार विश्वासको मत लिने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आगामी आइतबार विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

जम्मकट्टेलले ६ गते बस्ने प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् ।

सत्तागठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् ।

संघीय सरकारमा समीकरण फेरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्मकट्टेललाई राजीनामा दिन कांग्रेसले अनुरोध गर्दै आएको छ ।

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved