शाहरूखको फिल्ममा अभिषेक खलनायक

नेपालभ्युज

शाहरूखको फिल्ममा अभिषेक खलनायक

काठमाडौं । यतिबेला बलिउड अभिनेता शाहरूख खान आफ्नो आगामी फिल्म किंगको तयारीमा व्यस्त छन् । हालै शाहरूख लण्डनमा जारी सुटिङ छाडेर अनन्त–राधिकाको विवाहमा सहभागी हुन भारत आएका थिए ।

अब यो फिल्ममा अभिषेक बच्चनलाई पनि कास्ट गरिएको खबर आएको छ । फिल्ममा अभिषेक खलनायकको भूमिकामा देखिनेछन् ।

हालैको पिपिङ मुन रिपोर्ट अनुसार अभिषेकले फिल्म साइन गरेका छन् । चलचित्र राजामा उनी नेगेटिभ भूमिका निभाउन लागे पनि उनको वास्तविक चरित्र कस्तो हुने भन्नेबारेमा कुनै जानकारी आएको छैन ।

स्रोतको विश्वास गर्ने हो भने उनी एक परिष्कृत र जटिल खलनायकको भूमिकामा देखिनेछन् । फिल्ममा उनी र शाहरूख आमनेसामने देखिदैँछन् ।

फिल्म किंगभन्दा पहिले अभिषेक बच्चन र शाहरूख खान २ फिल्ममा सँगै देखिएका थिए । यी दुई पहिलो पटक सन् २००६ मा आएको फिल्म कभी अलविदा ना कहनामा सँगै देखिएका थिए । त्यसपछि यी दुवै फिल्म ह्याप्पी न्यू इयरमा पनि सँगै देखिएका थिए ।

ब्लकबस्टर फिल्म ‘कभी खुशी कभी गम’ मा अभिषेक बच्चनले पनि क्यामियो रोल गर्ने भनिएको थियो तर, रचनात्मक मतभेदका कारण उनले फिल्म छाडे । यसबाहेक अभिषेकले शाहरूखको फिल्म ओम शान्ति ओममा पनि क्यामियो गरेका छन् ।

कहानी, कहानी-२, जाने जाजस्ता उत्कृष्ट फिल्मका निर्देशक सुजोय घोष फिल्म किंगका निर्देशन हुन् । यो एक क्राइम थ्रिलर फिल्म हो, जसलाई एक्सन भरी बनाइनेछ । यो फिल्म २०२५ को अन्त्यसम्ममा तयार हुनेछ, त्यसपछि सन् २०२६ मा रिलिज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved