काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व कप्तान ब्रायन लाराले आफ्नो भूतपूर्व सहकर्मी कार्ल हुपरको तारिफ गर्दै चकित पार्ने खुलासा गरेका छन् ।
लाराले हुपरको प्रतिभाको उल्लेख गर्दै उनलाई पूर्वक्रिकेटर सचिन तेन्दुलकरसँग तुलना गरे । उनले आफू र तेन्दुलकर हूपरको प्रतिभाको नजिक नभएको बताएका छन् ।
वास्तवमा सचिन तेन्दुलकर र ब्रायन लारा दुवै क्रिकेटको इतिहासमा महान् क्रिकेटर हुन् ।
टेस्ट (१५,९२१ रन) र एकदिवसीय (१८,४२६ रन)मा सर्वाधिक रन बनाउने कीर्तिमान तेन्दुलकरको नाममा छ, जबकि लाराले टेस्ट क्रिकेट (४०० रन) र प्रथम श्रेणी क्रिकेट (५०१ रन) दुवैमा उच्चतम व्यक्तिगत स्कोरको कीर्तिमान राखेका छन् ।
यी दुवैको उत्कृष्ट कीर्तिमानको बावजुद लाराले पौराणिक हुपरलाई आफू र सचिनभन्दा उत्कृष्ट बताएका हुन् ।
लाराले आफ्नो नयाँ पुस्तक ‘द इङ्ल्यान्ड क्रोनिकल्स’मा लेखेका छन् , ‘कार्ल मैले देखेको उत्कृष्ट खेलाडी मध्ये एक थिए । म भन्छु कि तेन्दुलकर र म पनि त्यो प्रतिभाको नजिक आउन सकेनौं । यदि हामीले कार्लको क्यारियरलाई कप्तानीमा खेल्नेदेखि अलग गर्छौं भने, उनको तथ्याङ्क धेरै फरक छ । कप्तानको रूपमा उनको औसत ५० को आसपास थियो, त्यसैले उनले जिम्मेवारीको आनन्द उठाए ।’
यसअघि डेली मेलसँगको अन्तर्वार्तामा लाराले इङ्ल्यान्ड र भारतका दुई खेलाडीको नाम राखेका थिए, जसले टेस्ट इनिङ्समा आफ्नो ४०० रनको कीर्तिमान तोड्न सक्छन् ।
यस क्रममा ब्रायनले इङ्ल्यान्डका तर्फबाट ज्याक क्राउली र ह्यारी ब्रूकसँग आफ्नो ४०० रनको कीर्तिमान तोड्ने क्षमता रहेको बताए । भारतका तर्फबाट ब्रायन लाराले यशस्वी र शुभमन गिलको नाम छनोट गरेका छन् ।
Facebook Comment
Comment