इजरायली सेनाले गाजाको विद्यालयमा आक्रमण गर्दा २२ जनाको मृत्यु

नेपालभ्युज

इजरायली सेनाले गाजाको विद्यालयमा आक्रमण गर्दा २२ जनाको मृत्यु

काठमाडौं । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित मानिसहरू बस्दै आएको बताएको छ। तर, इजरायली सेनाले नुसरत शरणार्थी शिविरमा रहेको अबु ओराबेन विद्यालयमा हमास लडाकुहरूले आफ्नो गतिविधि सञ्चालन गरिरहेको बताएको छ ।

जबकि प्रत्यक्षदर्शीहरूले बीबीसीअरबी सेवालाई दिएको जानकारीअनुसार शिविरमा सशस्त्र लडाकुहरू थिएनन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेको उनको भनाइ छ ।

पछिल्लो आठ दिनमा विद्यालय र वरपरको यो पाँचौं आक्रमण हो।

गाजाको स्वास्थ्य मन्त्रालयले मानवीय क्षेत्रको रूपमा तोकिएको गाजाको क्षेत्रमा इजरायली हवाई आक्रमणमा १ सय ४१ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै खान युनिस नजिकै अल मसावी क्षेत्रमा भएको आक्रमणमा अहिलेसम्म ४०० जना घाइते भएको जनाएको छ ।

सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved