सुनको मूल्यले बनायो रेकर्ड

नेपालभ्युज

सुनको मूल्यले बनायो रेकर्ड

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा रेकर्ड बनाइरहेको छ ।

असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम हुँदै रेकर्ड बनाएको छापावाल सुनले आज तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदी भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved