काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यकालागि नाम संकलन गरेको छ ।
नेताहरूको सक्षमता र योगदानका आधारमा सम्बन्धित प्रदेशका ‘इन्चार्ज’ले केन्द्रमा पठाउने नाम सिफारिस गरेका हुन् ।
प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगतिका साथै संगठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्यांकन गरी देशभरबाट २ सय ६ जना केन्द्रीय सदस्य थप गर्ने छ ।
यही साउनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने गरि नाम संकलन गरिएको नेता सोमप्रसाद पाण्डेले बताए । पार्टीमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।
हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।
हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।
Facebook Comment
Comment