यी हुन् ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवारका लागि छानेका युवा

नेपालभ्युज

यी हुन् ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवारका लागि छानेका युवा

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो पार्टीबाट उपराष्ट्रपतिको उमेद्वारमा युवा नेतालाई चयन गरेका छन् ।

ट्रम्पले रिपब्लिकन पार्टीबाट जेडी भान्सलाई उपराष्ट्रपतिको उमेदवार बनाएका हुन् । ३९ वर्षिय भान्स ओहियोबाट प्रतिनिधित्व गर्छन् ।

भान्सलाई उनका बुबाले सानैमा छोडेर हिडेका थिए । उनकी आमा समेत दुव्यर्सनीको शिकार भएकी थिइन् । उनको बाल्यकाल हजुरबुबा र हजुर आमासँग बितेको थियो ।

७८ वर्षिय ट्रम्पले आफ्नो उपराष्ट्रपतिको उमेद्वार भने युवालाई चयन गरेका हुन् । सोमबारदेखि विकिन्सनमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनबाट ट्रम्पले उपराष्ट्रपतिको उमेदवार छानेका हुन् ।

कुनैबेला ट्रम्पकै कट्टर आलोचक मानिएका भान्स अहिले उनकै सहयात्री बनेका छन् ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस नै अहिलेसम्म सो पदका लागि मैदानमा छन् ।

ट्रम्प रिपब्लिकनको सोमबारको कार्यक्रममा दायाँ कानमा ब्यान्डेज लगाएको अवस्थामा देखा परेका थिए ।

गत शनिबार पेन्सिलभानियामा भएको चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved