काठमाडौं । साउन लागेसँगै पशुपतिनाथको दर्शन गर्ने श्रद्धालुको मंगलबार बिहानदेखि भिड लागेको छ ।
पशुपतिनाथको मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।
पूजाअर्चनाका लागि हजारौँ सर्वसाधारण मन्दिरमा लाइन लागेका छन् । साउन महिना भगवान शिवजीको महिना भएकाले देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको बताए ।
आजदेखि साउनभर पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । साउन लागेसँगै पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषले जनाएको छ ।
Facebook Comment
Comment