महिनावारी हुनु अघि खुट्टा किन दुख्छ ?

नेपालभ्युज

महिनावारी हुनु अघि खुट्टा किन दुख्छ ?

एजेन्सी । महिनावारी आफैमा कुनै समस्या त होइन । तर, यही कारणले महिलाले कयौं समस्या सामना गर्नुपर्ने हुन्छ । यिनैमध्ये एउटा हो, महिनावारी अघि खुट्टा दुख्नु ।

कतिपय महिलालाई महिनावारीको क्रममा खुट्टामा धेरै दुखाई हुन्छ । यस्तो हर्मोनल परिवर्तनको कारणले हुन्छ । एस्ट्रोजन र प्रोजेस्टेरोनको स्तर कम हुन्छ, जबकि प्रोस्टाग्लैंडिन बढ्छ । यसले खुट्टामा दुखाई हुन्छ ।

यसबाट बच्न कस्ता टिप्स अपनाउन सकिन्छ भन्नेबारे जानौं-

केरा खाँदा खुट्टामा भएको दुखाई कम हुन सक्छ । यसको कारण यो हो कि केरामा हुने पोटाशियमले मांसपेशीमा हुने ऐंठन कम गर्न सहयोग गर्छ ।

खुट्टाको दुखाईबाट बच्न फल, तरकारी तथा गेडागुडीको सन्तुलित भोजन लिनु पर्छ । यसले हर्मोनल परिवर्तनको कारणबाट हुने खुट्टा दुखाईबाट राहत पाउन सकिन्छ ।

भरपूर मात्रामा पानी पिउनु पर्छ । वाटर रेसिस्टेन्टबाट बच्न प्रर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । यसले सुन्निने समस्या कम गर्छ ।

यदि तपाईं स्वस्थ र फिट जीवन जिउन चाहनुहुन्छ भने दैनिक कसरत गर्न सक्नुहुन्छ । यसले रक्तसञ्चार राम्रो हुन्छ र खुट्टामा हुने समस्या तथा दुखाईबाट पनि बच्न सकिन्छ ।

महिनावारीको समयमा हुने खुट्टाको दुखाईबाट राहत पाउन तोरीको तेलले मालिस गर्न सक्नुहुन्छ । यसले खुट्टामा आराम हुनेछ र दुखाई पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved