२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

नेपालभ्युज

२२ युक्रेनी ड्रोन खसालेको रूसको दाबी

मास्को । रूसको पश्चिम र क्रिमियामा आइतबार रातभरमा २२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । जिम्मेवारीमा रहेका हवाई रक्षा प्रणालीहरूले २२ वटा युएभी नष्ट गरी रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत दिएको सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा १५, क्रिमियामा छ र लिपेट्स्कमा एउटा ड्रोन खसालिएको थियो । कुस्र्कका गभर्नरले यसबाहेक कुस्र्कमा थप तीन युक्रेनी ड्रोन खसालिएको बताए ।

युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्ना आक्रमणहरू बढाएको छ, यसले रूसको सेनालाई इन्धन पुर्‍याउने दुवै ऊर्जा स्थलहरू, साथै सीमापारका सहर र गाउँहरूलाई लक्षित गरेको छ ।

दुवै पक्षले सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा व्यापक रूपमा सयौं किलोमिटर फैलिएको क्षेत्रमा व्यापक ‘सेल्फ–डिटोनेटिङ क्राफ्ट’सहित ड्रोन प्रयोग गर्ने गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved