दलितविहीन ओली मन्त्रिपरिषद्, विश्वकर्मा र परियारको नाम पालैपालो काटियो

यता दलित अधिकारकर्मीहरूले भने यसको विरोध गरेका छन् । उनीहरूले सामाजिक सञ्जालहरूमा दलितविहीन मन्त्रिपरिषद्लाई संविधानविपरीतको मन्त्रिपरिषद् भनेका छन् ।

नेपालभ्युज

दलितविहीन ओली मन्त्रिपरिषद्, विश्वकर्मा र परियारको नाम पालैपालो काटियो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरे । तर, अफसोस् दलित भने एकजना पनि परेनन् ।

यसपछि ओली नेतृत्वको मन्त्रिपरिषद् दलितविहीन बनेको छ ।

त्यसो त आइतबार साँझसम्म नेकपा (एमाले) बाट पार्टी सचिवसमेत रहेका छविलाल विश्वकर्माको नाम मन्त्री बन्ने सूचीमै थियो । तर, आज बिहान उनको नाम हट्यो ।

शङ्कर पोखरेललगायतका प्रभावशाली नेताहरूले चुनाव हार्दा रुपन्देही १ बाट निर्वाचित विश्वकर्माको नाम अन्तिममा हटाइयो ।

बताइएअनुसार विश्वकर्माको नाम भूगोल मिलाइँदा काट्नुपरेको हो ।

यस्तै यता नेपाली कांग्रेसबाट सहमहामन्त्री जीवन परियारको नाम सोमबार बिहानसम्मै मन्त्री बन्ने सूचीमा थियो । तर, अन्तिममा उनको नाम काटियो ।

डा. शेखर कोइराला र गगनकुमार थापा नेतृत्वको नेतृत्वमा रहेको पार्टीको संस्थापनइतर समूहबाट मन्त्री बन्ने सूचीमा रहेको उनको नाम काटियो ।

यसबारे सोध्दा नेताहरूले बोल्न चाहेनन् ।

यता दलित अधिकारकर्मीहरूले भने यसको विरोध गरेका छन् । उनीहरूले सामाजिक सञ्जालहरूमा दलितविहीन मन्त्रिपरिषद्लाई संविधानविपरीतको मन्त्रिपरिषद् भनेका छन् ।

यस्तै मन्त्रिपरषद्‌मा महिला पनि दुईजना मात्रै छन् । परराष्ट्रमन्त्री आरजू राणा देउवा र शिक्षामन्त्री विद्या भट्टराई छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved