काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सबै ९ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम फाइनल गरेका हुन् भने संस्थापन इतरले पनि आफ्नो भागमा परेका तीन मन्त्रीको नाममा सहमति जुटाएका हुन् ।
देउवा पक्षबाट प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् ।
रमेश लेखकले गृह पाउने निश्चित भएको छ । आरजु देउवाले परराष्ट्र मन्त्रालयको जिम्मा पाउने भएकी छन् भने अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ ।
दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको छ । ऐनबहादुर शाहीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यस्तै संस्थापन इतर समूह शेखर गगन समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जानेछन् भने रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
नेकपा एमालेले पनि सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाइसकेको छ ।
Facebook Comment
Comment