कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले उचाल्यो

नेपालभ्युज

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले उचाल्यो

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचालेको छ ।

कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाका लागि लटारो मार्टिनेजले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी भने मैदानबाट बाहिरिएका थिए ।

यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ ।

अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।

कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved