बाढीले सिन्धुपाल्चोकमा झोलुंगेपुल बगायो, खेतीयोग्य जमिनमा पनि क्षति

नेपालभ्युज

बाढीले सिन्धुपाल्चोकमा झोलुंगेपुल बगायो, खेतीयोग्य जमिनमा पनि क्षति

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँको लार्के खोलामा आएको बाढीले झोलुंगेपुल बगाएको छ ।

आइतबारदेखिको अविरल वर्षाका कारण उर्लिएको बाढीले थाङ्पालको वडा नम्बर १ र २ जोड्ने झोलुंगे पुल बगाएको हो ।

त्यस्तै बाढीले मेलम्ची भोताङ सडक पनि बगाएको छ ।

लार्के खोलको तटिय क्षेत्रको खेतीयोग्य जमिन पनि बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए ।

बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा लगायतमा बसोबास गर्ने सर्वसाधारणमा त्रास फैल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved