प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथ लिँदै, मन्त्रीहरु पनि आजै नियुक्त गर्ने

नेपालभ्युज

प्रधानमन्त्री ओलीले  पद तथा गोपनियताको शपथ लिँदै, मन्त्रीहरु पनि आजै नियुक्त गर्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजेका लागि शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

७३ वर्षीय ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिन लागेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले आजै मन्त्रीहरू पनि नियुक्ति गर्ने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved