ट्रम्पलाई गोली हान्ने व्यक्ति मारिएको अमेरिकी सुरक्षा निकायको दाबी

नेपालभ्युज

ट्रम्पलाई गोली हान्ने व्यक्ति मारिएको अमेरिकी सुरक्षा निकायको दाबी

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएको पुष्टि भएको छ ।

घटनापछि तत्कालै मृत्यु भएका व्यक्ति नै आक्रमणकारी भएको अमेरिकी सुरक्षा निकायले दाबी गरेको छ ।

यसअघि मृत्यु भएका तिनै पुरुषलाई गोली प्रहारमा संग्लग्नको आशंका गरिएको थियो ।

तिनै व्यक्ति आक्रमणकारी भएको पुष्टि गरिएको हो ।

ती व्यक्ति यूएस सेक्रेट सर्भिस स्नाइपरद्वारा मारिएको बताइएको छ । घटनामा अर्का एक सर्वसाधारणको पनि मृत्यु भएको छ ।

आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बगेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

अमेरिकाको पेन्सिल्वेनियामा भएको एक चुनावी सभालाई सम्वोधन गरिरहदा उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए ।

उनलाई तत्कालै सुरक्षाकर्मीले उठाएर अस्पतालमा लगेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved