कांग्रेसले मन्त्री छान्न बनायो मापदण्ड

नेपालभ्युज

कांग्रेसले मन्त्री छान्न बनायो मापदण्ड
फाइल तस्वीर ।

काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्री चयनको मापदण्ड बनाएको छ ।

पार्टी मुख्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मापदण्ड बनाएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

मन्त्री चयनमा समावेशिता र प्रादेशिक सन्तुलनलाई आधारमा बनाइएको उनले बताए । ‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरूलाई सरकारमा पठाउँछौं ।’ उनले भने ।

साथै, बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने आगामी सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved