एजेन्सी । अहिले आँपको मौसम छ । मौसमी फल आँप खानु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।
यसमा पाइने पोषक तत्वले कतिपय रोगमा राम्रो काम गर्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, पोटाशियम तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छन् ।
आँप खानु पेटका लागि फाइदाजनक मानिन्छ । यसमा हुने फाइबरले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । साथमा आँप खाँदा अपच, ग्यास तथा कब्जियतको समस्या कम हुन्छ ।
त्यस्तै, मुटुका लागि पनि आँप स्वस्थकर मानिने फल हो । यसमा पोटाशियम, भिटामिन सी र एन्टीअक्सीडेन्ट्स गुण हुन्छन्, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छन् ।
शरीरको कमजोरी हटाउन पनि आँप एकदमै राम्रो फल मानिन्छ । यसले शरीरमा ऊर्जा भर्ने र तागत ल्याउने काम गर्छ । साथमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । जसले गर्दा मौसमी रोग र संक्रमणबाट बच्न सकिन्छ ।
Facebook Comment
Comment