कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस नयाँ सत्ता गठबन्धनको प्रमुख दल हो ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन बारे छलफल हुने एक नेताले जानकारी दिए ।

शुक्रबार राति कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनसहितको नयाँ प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गर्न दाबी प्रस्तुत गरिएको छ । राष्ट्रपतिको सचिवालयले आवश्यक अध्ययन गरेर आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने संकेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved