सिमलताल बस दुर्घटनाप्रति ओलीले गरे दुःख व्यक्त

नेपालभ्युज

सिमलताल बस दुर्घटनाप्रति ओलीले गरे दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले त्रिशूली नदीमा बस खसेर यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत बिहीबार पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रुहरू बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धारमा लाग्न आग्रह गरे ।

उनले आफू सुरक्षित हुँदै उद्धारमा लाग्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन् । गए राति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई यात्रुवाहक बसलाई पहिराले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved