त्रिशूलीमा खसेका बसको कुनै संकेत भेटिएन, तै पनि खोजी पुन सुरू

घटना भएको २८ घण्टा बितिसकेको छ । तर, कुनै यात्रु भेटिनु  त परको कुरा पहिचान वा संकेत समेत भेटिएको छैन ।

नेपालभ्युज

त्रिशूलीमा खसेका बसको कुनै संकेत भेटिएन, तै पनि खोजी पुन सुरू

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस खसेको घटनामा खोजी फेरि सूरु भएको छ । बाह्र घण्टापछि पनि त्रिशूलीमा खसेका बसको कुनै सङ्केत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो ।

शुक्रबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो ।
त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन् । निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या रहेको बताइएको  छ ।

घटना भएको २८ घण्टा बितिसकेको छ । तर, कुनै यात्रु भेटिनु  त परको कुरा पहिचान वा संकेत समेत भेटिएको छैन । सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै सङ्केत भेटिएको छैन । शुक्रबार बिहान झन्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ ।

शुक्रबार दिउँसो झन्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो ।

पहिरोले बगाएर नदीमा पुर्‍याएका दुई बसमध्ये एउटा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ। पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved