सकारात्मक लयमा फर्कियो नेप्से : एक हप्तामा झन्डै ८५ अंकले बढ्दा कारोबार रकम २९ अर्बको हाराहारीमा 

नेपालभ्युज

सकारात्मक लयमा फर्कियो नेप्से : एक हप्तामा झन्डै ८५ अंकले बढ्दा कारोबार रकम २९ अर्बको हाराहारीमा 

काठमाडौं । यस साता नेप्से सकारात्मक लयमा अघि बढेको देखिन्छ । साताको कारोबारको पाँचै दिन कारोबार हुँदा लगानीकर्तामा उत्साह देखिएको छ । गत साता २११९ दशमलव ६९को विन्दुमा पुगेर बन्द भएको बजार कारोबारको पहिलो दिनमै २१ दशमलव २७ अंकले बढेको थियो ।

कारोबारको पाँच दिनमा १ दिन सामान्य अंकले घटेको बजार परिसूचक चारै दिन दोहोरो अंकले बढेको छ । आइतबार दोहोरो अंकले बढेर २१४० दशमलव ९७ को अंकबाट कारोबार सुरु गरेको बजार विन्दु २२०४ दशमलव ६१को विन्दुमा पुगी बन्द भएको छ ।

समग्रमा यो साता बजार परिसूचक ८४ दशमलव ९२ अंकले बढेको छ । गत साता बजार ६८ दशमलव १७ अंकले बढेको थियो । यो साता सेयर बजारमा कुल कारोबार २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत साता २२ अर्ब ८५ करोडको कारोबार भएको थियो ।

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर २१४० दशमलव ९७ को विन्दुमा पुगेको थियो । आइतबार ३२५ कम्पनीका ८० हजार ८ सय ३८ पटकको कारोबारमा १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ६ अर्ब २९ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ रहेको थियो । आइतबार विकास बैंक, फाइनान्स कम्पनी र अन्य कम्पनीहरू घटेका थिए  भने सबैभन्दा बढी होटेल पर्यटन र जीवन बीमा कम्पनी बढेको थियो । सर्वाधिक कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर र डेभलपमेन्ट कम्पनी रहेको थियो ।

साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४ दशमलव ६२ अंकले घटेर २१३६ दशमलव ३५ को विन्दुमा पुगेको थियो । आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको थियो । फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी सामान्य बढ्दा १० वटा घटेको थियो । जहाँ सर्वाधिक घट्नेमा होटेल र पर्यटन रहेको थियो भने एनआरएन इनफ्रास्ट्रक्चर कम्पनीको कारोबार सर्वाधिक भएको थियो ।

साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढेर २१५२ दशमलव १४ को विन्दुमा पुगेको थियो । मंगलबार ३१६ कम्पनीका ६६ हजार ७ सय १६ पटकको कारोबारमा १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ रहेको थियो । व्यापार कम्पनी, होटेल तथा पर्यटन, फाइनान्स तथा निर्माण कम्पनीहरू घट्दा बाँकी ९ वटा बढेका थिए । मंगलबार माइक्रोफाइनान्स र विकास बैंक सर्वाधिक बढेको थियो भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सर्वाधिक भएको थियो ।

साताको कारोबारको चौथो दिन सेयर बजार परिसूचक २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको थियो । ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको थियो । १२ वटा कम्पनी हरियाली हुँदा विकास बैंक १३ दशमलव २० अंकले घटेको थियो भने सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको थियो ।

शुक्रबार नेप्सेले २२ सयको विन्दु पार गरेको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार २९ अंकले बढेको नेप्से २२०४.६१ विन्दुमा पुगेको छ । ३३१ वटा कम्पनीको सेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ८७ हजार ८६ पटक किनबेच भएको थियो ।

जसमा १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ । ७८ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved