राष्ट्रपतिले संविधानविद्लाई बोलाए शीतल निवास, सरकार गठनबारे परामर्श गर्ने

नेपालभ्युज

राष्ट्रपतिले संविधानविद्लाई बोलाए शीतल निवास, सरकार गठनबारे परामर्श गर्ने
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे परामर्श लिन संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसद्‌मा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

जसमा संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली छन् ।

यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved