सुनको मूल्यले बनायो रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपालभ्युज

सुनको मूल्यले बनायो रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved