पहाडबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

नेपालभ्युज

पहाडबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालक मेघनाथ विकको ढुंगाले लागेर मृत्यु भएको हो । लु २ ख ६५६६ नम्बरको बसका चालकलाई पहाडबाट खसेको ढुंगाले लागेको थियो ।

ढुंगाले लागेर घाइते भएका चालक विकको उपचारका क्रममा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved