गुड रोटी खाँदा स्वास्थ्यमा हुने फाइदा

नेपालभ्युज

गुड रोटी खाँदा स्वास्थ्यमा हुने फाइदा

एजेन्सी । सादा गहुँको रोटी त खानुभएको छ होला तर, गुडको रोटी खानुभएको छैन भने आज हामी तपाईंलाई यसको फाइदा बारे बताउँछौं ।

फाइदा जानेपछि तपाईंले पनि गहुँको पिठोमा गुड मिसाएर बनाइने रोटी अवश्य सेवन गर्नुहुनेछ ।

गुडमा फस्फोरस, पोटाशियम, म्याग्नेशियम, सुक्रोज, ग्लुकोज, आइरन जस्ता पोषक तत्व पर्याप्त मात्रामा पाइन्छन् । यसबाहेक भिटामिन ए र भिटामिन बी पनि पाइन्छ ।

गुडको रोटी खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसमा पाइने पोषक तत्वले शरीरमा सानातिना समस्या आउनु अघि नै निको बनाउँछ । यो रोटी खाँदा इम्यूनिटी बुस्ट हुन्छ ।

कब्जियतको समस्याबाट ग्रस्त हुनुहुन्छ भने यो फाइदाजनक हुन्छ । यसले पाचन सम्बन्धी कयौं प्रकारका समस्याबाट बचाउँछ ।

गुड रोटी छालाका लागि पनि फाइदाजनक हुन्छ । यसले छाला चमकदार बनाउँछ । गुडले शरीरमा आइरन बढाउँछ ।

नियमित रुपमा गुडरोटी आफ्नो खानपिनको हिस्सा बनाउँदा रगतको कमी पूरा हुन्छ ।

गुड रोटी विशेषगरी बच्चालाई एकदमै मन पर्छ । त्यसैले तपाईं बच्चालाई बिहान वा दिउँसोको नास्तामा खान दिन सक्नुहुन्छ । यसले बच्चा बाहिरको गुलियो बिस्कुट, मिठाई पनि खानबाट जोगिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved