काठमाडौँ । काठमाडौंमा ‘भक्तबीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट च्याम्पियनसिप’ आयोजना हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
‘वर्षायाममा पनि क्रिकेट’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा कुनै पनि क्लब र समूहले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख ८० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।
यसैगरी उप–विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि एक हजार रुपैयाँ पुरस्कार दिइने छ ।
Facebook Comment
Comment
One thought on “‘भक्तबीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट’ साउन २२ देखि”