अर्थमन्त्री पुन भन्छन् – चार दलको आरोप निराधार, राजनीतिक प्रेरित

नेपालभ्युज

अर्थमन्त्री पुन भन्छन् – चार दलको आरोप निराधार, राजनीतिक प्रेरित
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएपछि चार दलले लगाएको आरोपप्रति अर्थमन्त्री वर्षमान पुनको गम्भीर ध्यानाकर्षण भएको छ ।

बिहीबार अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाका अध्यक्षले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए । जसमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आपत्ति जनाए ।

चार पार्टीले विज्ञप्तीमा निकाल्दै असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाका अध्यक्षले दलहरूको असहमतिका बाबजुद बैठक स्थगित गरेको बताएका थिए ।

सोही विषयप्रति अर्थमन्त्री पुनको ध्यानाकर्षण भएको हो । उनले प्रेस नोट जारी गर्दै निराधार, कपोलकल्पित र राजनीतिक आग्रह प्रेरित आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।

‘…जहाँसम्म वक्तव्यमा उठाइएका केही गम्भीर आरोपहरूको सन्दर्भ छ, त्यसमा माननीय मन्त्रीज्यूको गम्भीर असहति र आपत्ति रहेको छ । आफ्नै दलका नेताले ह्वीप जारी गरेर प्रतिनिधिसभाबाट पारित भएको विधेयकमाथि राष्ट्रियसभामा संशोधन दर्ता गर्नु र मन्त्रीमाथि तथ्यहीन र आधारहीन आरोप लगाउनु भनेको आफ्नै दलमाथि र आफैंमाथिको समेत आरोप हो ।’ नोटमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved