दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
प्रतीकात्मक तस्वीर

काठमाडौं । नेप्सेले २२ सयको विन्दु पार गरेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार २९ अंकले बढेको नेप्से २२०४.६१ विन्दुमा पुगेको छ ।

आज ३३१ वटा कम्पनीको सेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ८७ हजार ८६ पटक किनबेच भएको छ ।

जसमा १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ । ७८ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज एकै दिन लाईफ इन्स्योरेन्स समूह ३१८.६९ अंकले बढेर १०७२७.७३ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ ।

आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ भने निर्जीवन समूह १११.९० अंकले बढेर १११४२.२१ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved