काभ्रेमा १० महिनादेखि बेपत्ता पुरूषको कंकाल भेटियो

नेपालभ्युज

काठमाडौं । काभ्रेको नमोबुद्धमा एक पुरूषको कंकाल फेला परेको छ । नमोबुद्ध नगरपालिका–५ बोहरेली जंगलको ढुंगाको ओडारमा मानव कंकाल फेला परेको हो ।

उक्त कंकाल विसं २०८० भदौदेखि सम्पर्कविहीन भएका नमोबुद्ध-४ का ५० वर्षीय खड्गबहादुर श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

बुधबार च्याउ खोज्न जाने क्रममा स्थानीयले कंकाल फेला परेका थिए । त्यसपछि प्रहरीले कंकाल संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गराउँदा श्रेष्ठ भएको खुलेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved